राजनीति

कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा परेको रिट खारेज


काठमाडौँ – सर्वोच्च अदालतले कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै परेको रिट खारेज गरेको छ ।

कांग्रेस प्रदेशसभा सदस्य नरोत्तम वैद्यले कोरोना कारण देखाएर महाधिवेशन रोक्न माग गर्दै रिट दायर गरेको थियो । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले रिट खारेज गर्ने आदेश दिएको छ ।