कोरोना विशेष

देशभर १ हजार २७१ संक्रमित थपिए, १ हजार ८४५ संक्रमणमुक्त


काठमाडौँ – पछिल्लो २४ घण्टामा १ हजार २७१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार ९४४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ५८ र एन्टिजेन विधिबाट २१३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा १० हजार ९०३ जनाको मृत्यु भइसकेको छ । त्यस्तै आज थप १ हजार ८४५ जना संक्रमणमुक्त भएका छन् । नेपालका हाल सक्रिय संक्रमितको संख्या २८ हजार ६७८ रहेको छ ।