राजनीति

एकीकृत समाजवादीको विधान पारित


काठमाडौँ – नेकपा एकीकृत समाजवादीले संसदीय दलको विधान पारित गरेको छ । नेकपा संसदीय दलका अध्यक्ष माधवकुमार नेपालका अध्यक्षतामा बुधबार बसेको बैठकले विधान पारित गरेको हो ।

भदौ २३ मा बसेको पार्टीको पहिलो संसदीय दलको बैठकले पाँच सदस्यीय मस्यौदा कमिटी गठन गरेको थियो । विधान पारित भएसँगै सो मस्यौदा कमिटी विघटन भएको छ । उक्त कमिटीमा भवानी खापुङ, शेरबहादुर कुँवर, नीरा जैरु, ठगेन्द्रप्रकाश पुरी र लक्ष्मी चौधरी थिए ।