कोरोना विशेष

देशभर १ हजार ६७७ संक्रमित थपिए, २ हजार ७२ संक्रमणमुक्त


काठमाडौँ – पछिल्लो २४ घण्टामा १ हजार ६७७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १५ हजार ३४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ४२३ र एन्टिजेन विधिबाट २५४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप २१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा १० हजार ८७९ जनाको मृत्यु भइसकेको छ । त्यस्तै आज थप २ हजार ७२ जना संक्रमणमुक्त भएका छन् । नेपालका हाल सक्रिय संक्रमितको संख्या ३० हजार ३०३ रहेको छ ।