समाचार

पछिल्लो २४ घण्टामा १ हजार २६८ जनामा संक्रमण पुष्टि, ९ को मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर १ हजार २६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नौ हजार ८७५ हजार पीसीआर परीक्षणमा थप १ हजार २६८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ६८ हजार ५३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार १९५ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या १० हजार ८१८ पुगेको छ ।