समाचार

पछिल्लो २४ घन्टामा एक हजार ६६४ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ – पछिल्लो २४ घन्टामा एक हजार ६६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २२२ नमूना परीक्षण गरिएकोमा एक हजार ६६४ जनामा संक्रमण पुष्टि भएको हो ।


यससँगै नेपालमा हालसम्म संक्रमितको संख्या ८ लाख ४६ हजार १५२ पुगेकोे छ । यस्तै पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या १० हजार ७५० पुगेको छ ।


मन्त्रालयका अनुसार थप एक हजार ७८६ जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख १६ हजार ३०६ पुगेको छ । हाल मुलुकभर ३५ हजार ५९१ सक्रिय संक्रमित छन् ।