समाचार

डा. केसीसँगको सम्झौताबारे अध्ययन गर्न समिति गठन


काठमाडौँ – सरकारले डा। गोविन्द केसीसँग विभिन्न समयमा भएका सम्झौताबारे अध्ययन गर्न पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले मन्त्रालयका प्रमुख विशेषज्ञ डा. दिपेन्द्ररमण सिंहको संयोजत्वमा यस्तो समिति गठन गरेका हुन् । समितिको सदस्यमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा। भगवान कोइराला र शिक्षा, स्वास्थ्य र कानून मन्त्रालयका सहसचिव सदस्य रहने निर्णय गरिएको छ ।

डा।केसीसँग गरिएका सम्झौताहरु कार्यान्वयनको कुन चरणमा छन् भनी यकिन गर्न समिति गठन भएको हो । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र डा। गोविन्द केसीबीच भदौ १ गते भेटवार्ता भएको थियो ।

डा। केसीले स्वास्थ्य राज्यमन्त्रीबाट उमेश श्रेष्ठलाई हटाउनुपर्ने लगायतका पाँचबुँदे माग अघि सार्दै भदौ ३ गतेसम्मको अल्टिमेटम दिएका थिए । उनको अल्टिमेटम सकिन दुई दिन बाँकी हुँदा भेटवार्ता गरेपछि केसी अनसशन बस्ने निर्णयबाट पछि हटेका थिए ।

निजी अस्पतालका सञ्चालक उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरिएको भन्दै डा। केसीले विरोध जनाएका थिए । उनले स्वार्थको द्वन्द्व नहुने व्यक्तिलाई तत्काल स्वास्थ्यमन्त्री र राज्यमन्त्री नियुक्त गर्नुपर्ने माग राखेका छन् ।