कोरोना विशेष

कारोनाले देशभर २५ जनाको मृत्यु, २ हजार ६५ संक्रमित थपिए


काठमाडौँ – पछिल्लो २४ घण्टामा २ हजार ६५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १३ हजार ११७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ५७७ र एन्टिजेन विधिबाट ४८८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप २५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा १० हजार ६६३ जनाको मृत्यु भइसकेको छ । त्यस्तै आज थप २ हजार ३३७ जना संक्रमणमुक्त भएका छन् । नेपालका हाल सक्रिय संक्रमितको संख्या ३७ हजार ५९९ रहेको छ ।