विदेश

एकसाताभित्र अफगानिस्तान छाड्न विदेशी सेनालाई तालिबानको चेतावनी


काठमाडौँ – अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबानले ३१ अगस्टसम्म अफगानिस्तान छाड्न विदेशी सेनालाई चेतावनी दिएको छ । तालिबानले ३१ अगस्टपछि कुनै विदेशी सेना अफगानिस्तानमा रहे त्यसलाई कब्जा मानिने र त्यसको कडा जवाफ दिने बताएको छ । घोषित समयपछि कुनै पनि बाहानामा विदेशी सेना अफगानिस्तानमा रहनुलाई कब्जा मानिने र त्यसको भयानक परिणाम हुने चेतावनी तालिवानले दिएको छ ।

उता मंगलबार हुने जी सेभेनको बैठकमा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले अमेरिकी राष्ट्रपतिसँगको कुराकानीमा अझ केही समय अफगानिस्तानमा अमेरिकी सैनिक बस्नुपर्ने प्रस्ताव गर्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । अमेरिकाले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्न शुरु गरेपछि तालिबानले अफगानिस्तानमा कब्जा जमाएको छ । तर काबुल अन्तर्राष्ट्रिय विमानस्थल भने अमेरिकी सेनाको नियन्त्रणमा छ ।