राजनीति

एमाले नेता कार्यकर्तालाई एकताको पक्षमा उभिन योगेश भट्टराईको आह्वान


काठमाडौँ – एमाले सचिव योगेश भट्टराईले एमाले नेता कार्यकर्तालाई एकताको पक्षमा उभिन आह्वान गर्नुभएको छ । पार्टी अध्यक्ष केपी ओलीसँग उहाँको निवास बालकोटमा सोमबार छलफल गरेर बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले कोही पनि विभाजन पक्षमा जान नहुनेमा जोड दिनुभयो ।

नयाँ पार्टी दर्ताका लागि अघि बढिरहेका नेताहरुलाई संकेत गर्दै उहाँले एमालेमा फर्किए कसैमाथि अन्याय नहुने विश्वास व्यक्त गर्नुभयो । सोमबार बालकोटमा भएको छलफलमा २०७५ जेठ २ को अवस्थाबाट पार्टीलाई अघि बढाउने सहमति भएको जानकारी दिनुभयो । मंगलबारको बस्ने स्थायी कमिटी बैठकले एउटा निष्कर्ष निकाल्ने उहाँको भनाइ छ ।