राजनीति

कांग्रेसको १४औँ महाधिवेशनबारे वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष छलफलमा, क्रियाशील सदस्यता विवाद अझै टुंगिएन


काठमाडौँ – १४औँ महाधिवेशनमा सभापतिको साझा उम्मेदवार चयनलगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठक बसिरहेको छ ।

काठमाडौंको एक होटलमा जारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु शेखर कोइराला, अर्जुन नरसिंह केसीलगायतका नेताहरु सहभागी हुनुहुन्छ । नेपाली कांग्रेसमा क्रियाशील सदस्यतासम्बन्धी विवाद पेचिलो बन्दा आसन्न १४ औं महाधिवेशनको कार्यतालिका पटक–पटक संशोधन गरिएको छ ।

पछिल्लोपटक कांग्रेसले मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । तर, अझै क्रियाशील सदस्यताको विवाद टुंगिएको छैन ।