राजनीति

प्रदीप गिरिको घाँटीको देब्रे भागमा ट्यूमर देखियो


काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रदीप गिरिको घाँटीको देब्रे भागमा सानो आकारको ट्यूमर देखिएको छ ।

भारतको मुम्बईस्थित हिन्दुजा अस्पतालमा उपचाररत नेताको देब्रेतर्फको घाँटीको नलीबाहिर सानो आकारको ट्यूमर देखिएको उपचारमा संलग्न चकित्सकले बताएका छन् ।
ट्यूमर अन्त कतै नफैलिएकाले चिन्ता गर्नुपर्ने अवस्था नरहेको अस्पतालले जनाएको छ । चिकित्सकहरुले अन्य स्वास्थ्य परीक्षण पनि गरिरहेकाले रिपोर्ट हेरेर थप उपचार गरिने बताइएको छ । स्वास्थ्यमा समस्या देखिएपछि कांग्रेस नेता गिरि एक साताअघि उपचारका लागि मुम्बई गएका थिए ।