कोरोना विशेष

दुईदिनभित्र १६ लाख डोज खोप नेपाल भित्रियो


काठमाडौँ – दुईदिनभित्र १६ लाख कोरोनाविरुद्धको खोप नेपाल भित्रिएको छ । सरकारले चीनको सिनोर्फाम कम्पनीसँग खरिद गरेको ६० लाख डोज खोपमध्ये आज थप ८ लाख डोज भेरोसेल खोप ल्याएसँगै दुईदिनमा १६ लाख खोप नेपाल आईपुगेको हो ।

योसँगै हिजो र आज गरी १६ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार बाँकी ४४ लाख डोज खोप अगस्टको अन्तिम साता आइपुग्नेछ ।