कोरोना विशेष

कारोनाले देशभर ३३ जनाको मृत्यु, ३ हजार ७५ संक्रमित थपिए


काठमाडौँ – पछिल्लो २४ घण्टामा ३ हजार ७५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १६ हजार ४३८ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ३२१ र एन्टिजेन विधिबाट ७५४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ३३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा १० हजार ४२९ जनाको मृत्यु भइसकेको छ । त्यस्तै आज थप २ हजार १२६ जना संक्रमणमुक्त भएका छन् । नेपालका हाल सक्रिय संक्रमितको संख्या ४० हजार ५०० रहेको छ ।