कोरोना विशेष

मृत्युदर बढ्यो : देशभर ४२ जनाले ज्यान गुमाए, ३ हजार ४०३ संक्रमित थपिए


काठमाडौँ – पछिल्लो २४ घण्टामा ३ हजार २७४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १६ हजार ८३८ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ६१३ र एन्टिजेन विधिबाट ७९० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ४२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा १० हजार ३९६ जनाको मृत्यु भइसकेको छ । त्यस्तै आज थप २ हजार १०४ जना संक्रमणमुक्त भएका छन् । नेपालका हाल सक्रिय संक्रमितको संख्या ४० हजार ३३८ रहेको छ ।