समाचार

डा. केसी तत्काल अनशन नबस्ने


काठमाडौँ – डा. गोविन्द केसी पर्सिदेखि सुरु गर्ने भनिएको आमरण अनशन स्थगित गर्न सहमत भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग मंगलबार भेट भएपछि केसी तत्काल अनशन नबस्न सहमत भएका हुन् । उनले पर्सिदेखि बर्दिबासमा अनशन बस्ने तयारी गरेका थिए ।