राजनीति

प्रधानमन्त्री देउवा र डा.गोविन्द केसीबीच बालुवाटारमा भेटवार्ता


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा.गोविन्द केसीबीच भेटवार्ता भएको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र डा. केसीबीच भेटवार्ता भएको हो । विभिन्न माग पूरा गर्न सरकारलाई दिएको अल्टिमेटम सकिन दुई दिन बाँकी रहँदा प्रधानमन्त्री देउवाले केसीसँग छलफल गर्नुभएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवाले केसीलाई बालुवाटार बोलाएर छलफल सुरु गर्नुभएको हो । भेटमा डा. केसीका मागबारे छलफल भइरहेको बताइएको छ ।