कोरोना विशेष

देशभर ३ हजार २७४ संक्रमित थपिए, २७ जनाको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा ३ हजार २७४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १७ हजार ६८९ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ४५६ र एन्टिजेन विधिबाट ८१८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप २७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा १० हजार ३५४ जनाको मृत्यु भइसकेको छ । त्यस्तै आज थप १ हजार ९२९ जना संक्रमणमुक्त भएका छन् । नेपालका हाल सक्रिय संक्रमितको संख्या ३९ हजार ८७१ रहेको छ ।