कोरोना विशेष

काठमाडौँ उपत्यकामा जोखिम उस्तै : थप ९६१ जनामा कोरोना पुष्टि


काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसमध्ये काठमाडौँमा ६७७, ललितपुरमा १६७ र भक्तपुरमा ११७ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज मात्रै देशभर ३ हजार ४५१ जना कोरोना संक्रमित थपिएका छन् भने ३५ जनाको मृत्‍यु भएको छ ।