कोरोना विशेष

देशभर ३ हजार ४५१ संक्रमित थपिए, ३५ जनाको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा ३ हजार ४५१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १५ हजार ६११ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ५६६ र एन्टिजेन विधिबाट ८८५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा १० हजार ३२७ जनाको मृत्यु भइसकेको छ । त्यस्तै आज थप २ हजार ४५८ जना संक्रमणमुक्त भएका छन् । नेपालका हाल सक्रिय संक्रमितको संख्या ३९ हजार ३७१ रहेको छ ।