राजनीति

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमै पुनर्बहालीको माग गर्दै सर्वोच्च पुगे हितेन्द्रदेव शाक्य


काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमै पुनर्बहालीका लागि ऊर्जा आयोग लगिएका हितेन्द्र देव शाक्यले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति ‘बदर गरिपाउँ’ भनेर शाक्यले दायर गरेको रिट निवेदन दर्ता गरेको सर्वोच्चका सहरजिष्ट्रार बाबुराम दाहालले जानकारी दिए ।

रिटमा शाक्यले पदाधिकारीबाट आफूलाई हटाएको आधिकारिक पत्र नपाएको र सरकारले आफूलाई हटाएर कुलमानलाई ल्याउँदा ‘संविधान सम्मत मेरो अधिकार हनन भएको’ दावी गरेको अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले जानकारी दिए ।

यसअघि शाक्यकै सहमतिमा सरकारले कुलमानलाई प्राधिकरणमा नियुक्त गरेको दावी गरिएको थियो । शाक्यलाई सचिव सहरको सेवा सुविधा दिइ ऊर्जा आयोगमा ४ वर्षका लागि नियुक्ति गरिएपनि उनी एकाएक सर्वोच्च गएका हुन् ।