खेलकुद

ला लिगामा बार्सिलोनाको सुखद् सुरुवात


काठमाडौँ – स्पेनिस ला लिगाको नयाँ सिजनमा बार्सिलोनाले विजयी सुरुवात गरेको छ । गएराति सम्पन्न खेलमा बार्सिलोनाले रियल सोसिडाडमाथि ४–२ को रोमाञ्चक जीत हासिल गर्न सफल भएको हो ।

जेरार्ड पिकेले खेलको १९ औँ मिनेटमा बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसपछि मार्टिन ब्राथवेटले दुई गोल थप्दै बार्सिलोनाको अग्रता फराकिलो बनाए । तर, त्यसपछि जुलेन लोबेटे र मिकेल ओयारजाबालले गोल गर्दै सोसिडाडले खेल ३–२ को स्थिति ल्याउन सफल रह्यो । तर, इन्जुरी समयमा सर्जी रोबर्टोले गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे । स्टार खेलाडी लियोनेल मेस्सीले क्लब छोडेपछिको लालिगामा बार्सिलोनाको यो पहिलो जित हो ।