कोरोना विशेष

२४ घण्टामा २ हजार २१२ मा कोरोना पुष्टि, ३३ जनाको मृत्यु


काठमाडौँ – देशभर पछिल्लो २४ घण्टामा २ हजार २१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १२ हजार एक सय ६ जनामा कोरोना परीक्षण गरिएको थियो ।

कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार दुई सय ९२ जना पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । यस अवधिमा १८ सय ६७ जना कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ।