राजनीति

अफगानिस्तानमा रहेका नेपालीको जीवनरक्षा गर्न : डा.भट्टराईको माग


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले अफगानिस्तानमा सुरक्षा संकटमा परेका हजारौं नेपाली कामदारलाई तुरुन्तै स्वदेश फर्काउन सरकारसमक्ष माग गरेका छन् । नेता भट्टराईले आइतबार सामाजिक सञ्‍जाल ट्वीटमा लेख्दै नेपाली कामदारको जीवनरक्षाको माग गरेका हुन् ।

नेता भट्टराईले अलपत्र परेका १४ हजार बढी नेपाली कामदारलाई तुरून्त स्वदेश फर्काउन आलटाल गर्न नहुने भन्दै उनीहरुको जीवनरक्षाको माग गरेका छन् । ‘अफगानिस्तानमा सुरक्षा संकटमा परेका १४ हजार बढी नेपाली कामदारलाई तुरून्त स्वदेश फर्काउन सरकारले आलटालरवहानावाजी गर्नुभएन। पहिलो त त्यस्ता द्वन्दग्रस्त ठाउँमा आफ्ना नागरिकलाई पठाउन र जाने वातावरण बनाउनै हुँदैनथ्यो। गइसकेपछि तिनको जीवनरक्षा गर्नु राज्यको दायित्व हो। किन्तुपरन्तु नहोस्!।’ उनले लेखेका छन् ।

लडाकुहरूले पूर्वी सहर जलालाबादलाई बिनासङ्घर्ष आइतबार बिहानै आफ्नो नियन्त्रणमा लिएका छन्। योसँगै अफगानिस्तानका ३४ प्रान्तीय राजधानीमध्ये २३ वटा तालिबानले कब्जा गरिसकेका छन्।

अन्य विभिन्न मुलुकले त्यहाँ फसेका आफ्ना नागरिकलाई स्वदेश फर्काउने काम गरिरहेका छन्। अफगानिस्तानको राजधानी काबुल बाहेक प्रमुख सहर तालिबान लडाकुहरूले आफ्नो नियन्त्रणमा लिएको छ । अमेरिकी सैनिकले अफगानिस्तान छाडेपछि सो देशमा उत्पन्न खतराले त्यहाँ रहेका नेपालीहरू असुरक्षित हुँदै गएका छन्।