कोरोना विशेष

शनिबार थपिए २ हजार ६२४ जना संक्रमित, २० जनाको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर २ हजार ६२४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार १३ हजार ५ सय ७३ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ६ सय २४ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै आज २० जना संक्रमितको मृत्यु भएको छ भने १ हजार ३ सय २० जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । पछिल्लो विवरण अनुसार हाल देशभर ३९ हजार ४ सय ५ जना संक्रिय संक्रमित रहेका छन् ।

सङ्क्रमितमध्ये ३६ हजार भन्दा बढी घरमा तथा ३ हजार चार सय भन्दा बढी संस्थागत आइसोलेशनमा छन् । अहिले ७६० जना देशभरिका विभिन्न अस्पतालका

आइसीयूमा र १८६ जना भेन्टिलेटरमा छन् । हाल कुल परीक्षणको १९.३३ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको विवरणमा उल्लेख गरिएको छ ।