कोरोना विशेष

२४ घण्टामा ३ हजार ९१५ मा संक्रमण पुष्टि, २७ जनाको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९१५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । कूल १८ हजार ५८२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २७६३ र एन्टिजेन विधिबाट ११५२ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा पीसीआर विधिबाट ७ लाख २८ हजार ५३२ जना र एन्टिजेन विधिबाट ७४ हजार ३४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ । नयाँ संक्रमित थपिएसँगै देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ७९८ पुगेको छ । जसमध्ये ३५ हजार ५१८ जना होम आइसोलेसनमा, ३ हजार २८० जना संस्थागत आइसोलेसनमा , ७३६ जना आईसीयू र १८६ जना भेन्टिलेटरमा रहेका छन् ।

यही अवधिमा २ हजार ११८ जना निको भएका छन् । नेपालमा कूल संक्रमितमध्ये ६ लाख ७९ हजार ४९५ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९३।३ प्रतिशत रहेको छ । कोभिड–१९ को संक्रमणबाट २७ जनाको मृत्यु भएको छ । हालसम्म १० हजार २३९ जनाले ज्यान गुमाइसकेका छन् ।