कोरोना विशेष

देशभर ३ हजार २६० संक्रमित थपिए, ३२ जनाको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा ३ हजार २६० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १५ हजार ४६२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ४७३ र एन्टिजेन विधिबाट ७८७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ३२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा १० हजार २१२ जनाको मृत्यु भइसकेको छ । त्यस्तै आज थप २ हजार २९४ जना संक्रमणमुक्त भएका छन् । नेपालका हाल सक्रिय संक्रमितको संख्या ३८ हजार १८० रहेको छ ।