कोरोना विशेष

देशभर ३ हजार ४८१ संक्रमित थपिए, ३० जनाको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा ३ हजार ४८१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १६ हजार ६५६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ६१६ र एन्टिजेन विधिबाट ८६५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ३० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा १० हजार १८० जनाको मृत्यु भइसकेको छ । त्यस्तै आज थप १ हजार ८८५ जना संक्रमणमुक्त भएका छन् । नेपालका हाल सक्रिय संक्रमितको संख्या ३८ हजार ३३ रहेको छ ।