कोरोना विशेष

काठमाडौँ उपत्यकामा संक्रमण बढ्यो, थप १ हजार १८६ जनामा कोरोना पुष्टि


काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार १८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार १८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसमध्ये काठमाडौँमा ७९५, ललितपुरमा २३९ र भक्तपुरमा १५२ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज मात्रै देशभर ४ हजार ९०४ जना कोरोना संक्रमित थपिएका छन् भने ३५ जनाको मृत्‍यु भएको छ ।