कोरोना विशेष

कोरोनाको जोखिम बढ्यो : ४ हजार ९०४ संक्रमित थपिए, ३५ जनाको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा ४ हजार ९०४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १९ हजार १२३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार १९४ र एन्टिजेन विधिबाट १ हजार ७१० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा १० हजार १५० जनाको मृत्यु भइसकेको छ । त्यस्तै आज थप २ हजार ११५ जना संक्रमणमुक्त भएका छन् । नेपालका हाल सक्रिय संक्रमितको संख्या ३७ हजार ३३२ रहेको छ ।