समाचार

काठमाडौं उपत्यकामा निषेध आदेश फेरि थपिने



काठमाडौं उपत्यकामा निषेध आदेश फेरि थपिने भएको छ। कम्तीमा एक साता निषेध आदेश थप गर्ने र त्यसको कडाइका साथ अनुगमन गर्ने तयारी प्रशासनले गरेको हो।

यसबारे निर्णय गर्न आज काठमाडौं, ललितपुर र भक्पुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै छ। दिउँसो २ बजे काठमाडौं जिल्ला प्रशासन कार्यालयमा डाकिएको बैठकले जारी निषेध आदेश केही परिमार्जनसहित थप्ने तयारी गरेको बताइएको छ।

यसअघि घोषित निषेध आदेश बुधबार मध्यराति सकिँदैछ। कोरोना महामारीको दोस्रो लहर तीव्र रुपमा फैलिएपछि काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेध आदेश जारी गरिएको थियो।

असार अन्तिम साताबाट बजार र सवारी सबै खोले पनि केही क्षेत्र बन्द गर्ने निर्णयसहित निषेध आदेशलाई निरन्तरता दिइएको थियो। केही दिनयता कोरोना संक्रमितको संख्या बढ्न थालेसँगै फेरि निषेध आदेश कडा बनाउन लागिएको हो।