समाचार

स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्दै सरकार



काठमाडौँ – सरकारले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने भएको छ। आज सार्वजनिक गरिएको सरकारका साझा न्यूनतम कार्यक्रममा स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने र दोषी देखिएका व्यक्ति–संस्थामाथि कानुनी कारबाही गर्ने उल्लेख छ।

यस्तै कार्यक्रममा कोभिड१९ रोकथाम, नियन्त्रण र उपचारका लागि अस्पताललगायत भौतिक पूर्वाधारको विकासमा प्राथमिकता दिने उल्लेख छ।

कोभिडको तेस्रो लहरका सम्बन्धमा स्वास्थ्य सचेतना बढाउने, आवश्यक जनशक्ति र गुणस्तरीय स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्ने, अक्सिजन र अन्य आवश्यक औषधिको आपूर्तिको सुनिश्चितता गर्ने तथा स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि गर्ने सरकारको न्यूनतम कार्यक्रम रहेको छ।