समाचार

कोभिसिल्डको विकल्प एस्ट्राजेनेका, अभाव अझै कायम



काठमाडौँ –भारतले सहयोगमा उपलब्ध गराएको कोभिसिल्डको पहिलो मात्रा लगाएका जेष्ठ नागरिकले ४ महिना लामो प्रतिक्षा पछि दोस्रो मात्रा लगाउन पाएका छन् । भारत सरकारले खरिद गरेको खोप समेत उपलब्ध नगराएपछि पहिलो मात्रा लगाएकाले दोस्रो मात्रा लगाउन पाउने आशा समेत मारि सकेका थिए ।

पहिलो मात्रा लगाएको ८ देखि १२ साताभित्र दोस्रो मात्रा लगाइसक्नु पर्ने थियो । खोपका लागि निकै ढिला भइसक्दा समेत नेपाल अनुदान कै खोपको आशा थियो । साथै खरिदका लागि रकम बुझाइ सकेको कारण भारतबाट आवश्यक मात्रामा खोप आउने आशा पनि मार्न सकेको थिएन । तर, भारतको सट्टा जापान र भुटानबाट अनुदानमा प्राप्त एस्टाजेनेकाको खोप नै अहिले जेष्ठ नागरिकलाई लगाउन थालिएको हो । ढिलै भएपनि खोप लगाउन पाउँदा जेष्ठ नागरिकहरु हर्षित देखिन्थे ।

भुटानबाट २ लाख ३० हजार र जापानबाट ५ लाख १३ हजार मात्रा खोप आएपछि जेष्ठ नागरिकलाई खोप दिइएको हो । सोमबार पहिलेको तुलनामा खोप केन्द«हरु पनि केही व्यवस्थित देखिएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले खोप केन्द«हरुको निरिक्षण गर्ने सूचना पाएको कारण पनि सम्बन्धित निकायले खोप केन्द्रलाई व्यवस्थित बनाएको अनुमान गर्न सकिन्थ्यो ।

तर, प्रधानमन्त्रीले सोमबार निरिक्षण भ्रमण रद्द गरे । प्रधानमन्त्री बन्ने बित्तिकै देउवाले गरेको निरिक्षणका क्रममा पनि खोप केन्द्र व्यवस्थित बनाइएका थिए । तर, भोलिपल्टदेखि सबै केन्द्र अव्यवस्थित बनेका थिए ।अहिले कोरोनाको जोखिम बढेको भन्दै खोप केन्द«को संख्या बढाएर १ सय ४० पु¥याइएका छन् । यसअघि ६६ केन्द्रबाट खोप लगाइँदै आइएको थियो ।

प्रधानमन्त्री नआएपनि स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री उमेश श्रेष्ठले उपत्यकाका खोप केन्द्रहरुको अनुगमन गरेका थिए । राज्यमन्त्री श्रेष्ठले अब सञ्चालन हुने खोप केन्द«हरु व्यवस्थित बनाइँदै लगिने तथा आगामी चैत मसान्तसम्म सम्पूर्ण नेपालीलाइ खोप दिइसक्ने दाबी गरेका छन् । नेपालीले सैभन्दा पहिलो पटक लगाएको कोभिसिल्ड पनि एस्टाजेनेका कै खोप हो । यो खोप स्वीडेन, जापान, बेल्जियम, भारत, कोरिया, लगायत मुलुकमा उत्पादन हुन्छन् भने विश्व स्वास्थ्य संगठनले आकस्मिक प्रयोगको लागि सुचिकृत गरेको छ ।

हालसम्म यी खोपहरु संसारका १ सय ८१ भन्दा बढि मुलुकमा प्रयोग भईरहेको छ । यो चिम्पान्जि एडिनोभाइरस र कोभिड–१९ भाइरसको स्पाइक प्रोटिन जिनको अंशलाई पुनर्संयोजन गरेर बनाइएको खोप हो । अहिलेसम्म एक करोड मात्रा खोप नेपाल आइपुगेको छ । यसमध्ये ६० लाख मात्रा खोप खरिद गरिएको छ । चीनबाट ४० लाख भेरोसेल र भारतबाट २० लाख कोभिसिल्ड खोप खरिद गरिएको हो । तर, भारतबाट खरिद गरिएकोमध्ये १० लाख मात्रा खोप अझैसम्म आउन सकेको छैन ।