कोरोना विशेष

देशभर ३ हजार ६५१ संक्रमित थपिए, २२ जनाको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा ३ हजार ६५१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १६ हजार ५९४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ६०९ र एन्टिजेन विधिबाट १ हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप २२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा १० हजार ११५ जनाको मृत्यु भइसकेको छ । त्यस्तै आज थप १ हजार ७८४ जना संक्रमणमुक्त भएका छन् । नेपालका हाल सक्रिय संक्रमितको संख्या ३६ हजार २८८ रहेको छ ।