अर्थनीति

बैंकहरु मात्र कसरी नाफामा ? डा.बाबुराम भट्टराईले उठाए यस्तो प्रश्न (भिडियोसहित)


काठमाडौँ – कारोना कहरका बीच बैंक तथा वित्तीय संस्थाले कमाएको नाफालाई लिएर यति वेला चर्चा हुन थालेको छ । सवै क्षेत्र घाटामा जादा बैंकहरुले मात्र कसरी नाफा कमाए त ? भन्ने प्रश्न समेत उव्जीएको छ ।

यतिवेला वित्तीय क्षेत्रमा उठेको प्रश्न हो, बैंकको नाफा यति धेरै कसरी ? गत शुक्रबार अर्थ समितिको बैठकमा पुर्व अर्थमन्त्रीहरुको छलफल आयोजनामा एकाएक डा. बावुराम भट्राईले देश र जनता सधैं गरिव हुने र बैंकहरुमात्र धनी हुने अवस्था किन आयो भनेर प्रश्न गरे ।

छलफलमा भट्टराईले कर्जा र निक्षेपको ब्याजदर घटाउनुपर्ने समेत धारणा राखेकेका थिए । तर, त्यहि विषयलाई लिएर यतिवेला बैंकीङ क्षेत्रमा तरङ्ग नै पैदा भएको छ । केन्द्रय बैंकले मौद्रीक नीति ल्याउनै लाग्दा सुझाव दिने क्रममा भट्टराईको अभिव्यक्ती आएको थियो । भट्टराईपछि बोलेका पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बैंकहरुको संचालन खर्च बढी भएकाले स्प्रेडदर त्यति पनि नभए उनीहरुले कसरी नाफा कमाउन सक्छन? भन्दै प्रतिप्रश्न समेत गरेका थिए ।

पाण्डेले ब्याजदर तोक्ने जिम्मा बजारलाई नै छोड्नुपर्ने र कर्जा र निक्षेपको अन्तरबारे बैंकको नाफा, संचालन खर्च, कर्मचारी सेवा सुविधालगायत विषय बुझेर मात्र धारणा बनाउनुपर्ने बताएका थिए । लगत्तै भट्टराईले तपाईं बैंकको पक्षमा बोल्दै हुनुहुन्छ कि सर्वसाधारण जनताको पक्षमा बोल्दै हुनुहुन्छ भन्दै पाण्डेलाई प्रश्न सोधेका थिए ।

अर्थ समितिका अधिकांश सांसदले कर्जाको ब्याजदर निकै महंगो भएको र बिना धितो कर्जा प्रवाह हुन नसक्दा सर्वसाधारण जनता वित्तीय सुविधाबाट बन्चित हुनुपरेको धारणा राखेका थिए । यता बैंकीङ क्षेत्रका विज्ञहरुले भने बैंकले नाफा कमाएको देखि नसकेको गुनासो गरेका छन् ।

नविल बैंकका महाप्रबन्धक मनोज ज्ञावाली चुनौतीका बावजुद उत्कृष्ठ सेवा दिएर नाफा कमाउदा पनि सुख नपाएको बताउँछन । उनी सामाजीक संजाल फेसबुकमा सरकारी संस्थान सबैजसो घाटामा जाने, सरकारी कम्पनीहरू सबैजसो घाटामा जाने तर बैंकिङ सबै नाफामा जादा कसरी कमाएछ भने गीद्दे नजर लाएको तर्क गर्छन ।

राष्ट्र बैंक स्थापना नै एक स्वायत्त निकायको भएको र ऐनले नै दिएको राष्ट्र बैंकको स्वात्तता माथि पछिल्लो समय लगातार प्रहार भइरहेको विषय पनि यतिवेला चर्चाको विषय बनेको छ । राजनीतिक प्रभाव होस् या विभिन्न सरोकारवाला निकायले आफ्नो निजी स्वार्थ पुरा गर्नलाई अर्थ मन्त्रालयलमार्फत् यसको स्वात्तता विपरित काम गर्न बाध्य बनाइरहेको कतिपयले विश्लेषण गरेका छन् ।