समाचार

जापानबाट थप २ लाख ८७ हजार खोप आउँदै


काठमाडौँ – जापान सरकारले अनुदानमा दिएको एस्ट्राजनिकाको थप २ लाख ८७ हजार डोज खोप आज आईपुग्ने भएको छ । शनिबार पहिलो चरणमा ५ लाख १३ हजार डोज खोप आइसकेको छ भने आज थप दुई लाख ८७ हजार डोज खोप आउने लागेको हो ।


जापान सरकारले नेपाललाई १६ लाख खोप सहयोग गर्न घोषणा गरेको थियो । त्यसै अनुरुप आज खोप आउन लागको छ । जसमध्ये पहिलो चरणमा आठ लाख डोज खोप आउन लागेको हो। बाँकी ८ लाख खोप अर्को साता आइपुग्ने स्वास्थ्य सेवा विभागले जानकारी दिएको छ ।

कोभ्याक्स सुविधा अन्तर्गत जापानबाट एस्ट्राजेनेका खोप आएको हो। खोप आएसंगै यसअघि कोभिशिल्ड खोप लगाएका ज्येष्ठ नागरिकहरुलाई भोलिदेखि दोस्रो डोज दिन शुरु गरिने भएको छ ।