कोरोना विशेष

काठमाडौँ उपत्यकामा थप ७०१ जनामा कोरोना पुष्टि


काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसमध्ये काठमाडौँमा ४७१, ललितपुरमा १४७ र भक्तपुरमा ८३ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज मात्रै देशभर ३ हजार ७२९ जना कोरोना संक्रमित थपिएका छन् भने २५ जनाको मृत्‍यु भएको छ ।