कोरोना विशेष

देशभर ३ हजार ९३८ संक्रमित थपिए, ३७ जनाको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा ३ हजार ९३८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १८ हजार ४०८ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार सात जना र एन्टिजेन विधिबाट ९३१ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ३७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा ९ हजार ९९४ जनाको मृत्यु भइसकेको छ । त्यस्तै आज थप २ हजार १२ जना संक्रमणमुक्त भएका छन् ।