देश

डस्वीन हस्तान्तरण


काठमाडौँ – सहाना प्रधान प्रतिष्ठान र सेनाको कालीका दल गणले पशुपति विकास कोषलाई डस्वीन हस्तान्तरण गरेका छन् । पशुपति सरसफाई अभियानमा सहयोग गर्न ८४ वटा डस्वीन हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले डस्वीनले पशुपति क्षेत्र सफा राख्न सहयोग पुग्ने बताउनुभयो । विश्व सम्पदा सूचिमा सुचिकृत पशुपतिनाथलाई सफा राख्न सहयोग पुग्ने उहाँले बताउनुभयो । उहाँले पशुपतिनाथ क्षेत्र वरीपरीको सरसफाइले नेपाली समाजको सभ्यतालाई विश्वभर चिनाउने पनि बताउनुभयो ।