राजनीति

एमाले स्थायी कमिटी बैठक सकियो

भोलि दिउँसो ३ बजे पुनः बैठक बस्ने


काठमाडौँ – नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ । आइतबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक बसेको भोलि (सोमबार) फेरि बस्नेगरी सकिएको हो । बैठक भोलि दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

बैठकमा माधव कुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरु भने अनुपस्थित थिए । आजको बैठकमा उपाध्यक्ष वामदेव गौतम उपस्थित हुनुहुन्थ्यो ।