समाचार

वीर अस्पतालमा झडप, ४ जना घाइते



काठमाडौँ – आइतबार वीर अस्पतालमा झडप भएको छ ।

स्वास्थ्यकर्मी र प्रहरीबीच गर्दा झडप भएको हो । कर्मचारीहरुद्वारा गरिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा झडक भएको हो । प्रदर्शन सामेल स्वास्थ्यकर्मी र कर्मचारीमाथि प्रहरीले लाठीचार्ज गरेर घाइते बनाएको अस्पतालका एक कर्मचारीले बताएकाछन् ।

झडपमा ४ जना घाइते भएका छन् । अस्पतालको प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमविरुद्ध कर्मचारीहरु प्रदर्शनमा उत्रिएका थिए ।