समाचार

कुन समयमा फलफूल खान हुँदैन ?


काठमाडौँ – खानपिनका लागि प्रकृतिले हामीलाई अनेकौं परिकारह दिएको छ । ती परिकारहरुमा पनि हामीले विभिन्न स्वाद तयार पारेर आफ्नै किसिमको खाना बनाउने गरेका छौं ।

एकातिर प्रकृतिले दिएको स्वादलाई जस्ताको त्यस्तै आश्वाधन गर्न हाम्रा केही फलफूलहरु तयार छन् भने कृतिम स्वाद बनाएर पनि यावत किसिमका खानाहरु खाने गरिन्छ ।

सभ्यताको सुरुवातमा सबै कुराहरु काँचै खाने चलन थियो । कुनै समय फलफूलले मात्रै जीवन धानेका मानिव जाति अहिले नियमित खानाको रुपमा कृतिम स्वाद लिएर प्राकृतिक स्वादको लागि फलफूल खाने गर्दछन् । हामीलाई प्रकृतिले काँचै खानको लागि दिएको फलफुलहरु पनि समय मिलाएर खाएमात्रै फाइदाजनक हुन्छ । अन्यथा यो पनि शरीरको लागि घातक हुनसक्छ ।

आयुर्वेदले अन्य खानाहरु जस्तै फलफूल खानको लागि समेत विभिन्न नियम बताएको छ । अहिले विज्ञानले रासायनिक प्रतिक्रिया भएर फलहरुको मिश्रणले शरीरलाई नोक्सानी गर्ने बताउँछ । त्यस्तै, रासायनिक प्रतिक्रियाको कुरा नगरे पनि आयुर्वेदले प्राचीनकालमा नै खाना सम्बन्धी समय र नियमहरु प्रस्तुत गरेको छ । जस्तो बिहान अमिलो, दिउँसो रायो (साग) र बेलुका मुला खानु मृत्युलाई निमन्त्रण दिनु समान हो भन्ने आयुर्वेदिक मान्यता छ । यसलाई हाम्रो दैनिक जीवनमा समेत एउटा कहावतको रुपमा प्रयोग गर्ने गरेका छौं । त्यसैगरी अरु पनि आयुर्वेदले विभिन्न किसिमका कुराहरु उल्लेख गरेको हुन्छ ।

दूधमा मिसाएर खान नहुने फलहरु

आयुर्वेदले केही फलहरुलाई दूधमा मिसाएर खान नहुने फलको रुपमा उल्लेख गरेको छ । जुन फल पूरा रुपमा गुलियो हुँदैन, जुन फलमा थोरै मात्रै भएपनि अम्ल ९एसिड०को मात्रा हुन्छ । त्यस्तो फललाई दूधमा मिसाएर खानु हुँदैन भन्ने मान्यता छ । गुलियो नै भएपनि केरालाई दूधमा मिसाएर खान नहुने सुझाव आयुर्वेदले दिएको छ ।

खाना लगत्तै खान नहुने फल

आयुर्वेदका अनुसार कुनैपनि फलहरु खाना खानेबित्तिकै खानु हुँदैन । यसको पछि पनि एउटा आधारभूत कारण छ । फलले हाम्रो पाचन प्रक्रियालाई प्रभावित गर्छ । जसका कारण खाना लगत्तै फल खाँदा हाम्रो पाचन प्रणाली बिग्रन जान्छ । यस्तो गर्दा यसबाट एसिडिटी पनि हुनसक्छ ।

सागपातसँग फलफूल बर्जित

आयुर्वेदका अनुसार नपकाइएको खानासँग कहिलै पनि पकाएको खाना खानु हुँदैन । किनकी शरीरमा काँचो र पाकेको फल पचाउनको लागि छुट्टा छुट्टै शक्तिको आवश्यकता पर्दछ । यो दुबै फल एकै पटक खाँदा यसले पनि पाचन प्रक्रियामा असर गर्ने गर्दछ ।

हामीले खाने फलमा जुन प्राकृतिक मिठास हुनेगर्छ त्यो नै सबैभन्दा धेरै पोषण युक्त खाना हो । तर, केमिकल वा अन्य प्रविधिबाट स्वादमा परिवर्तन गरिएको कृतिम जुसमा कृतिम स्वीट्नर्स र प्रिजर्भेटिभ्स हुने भएकोले यो पौष्टिकताको हिसाबले त्यत्ति उपयुक्त हुँदैन । आयुर्वेदका अनुसार जुसलाई खुल्ला ठाउँमा निकालेर राख्नु हुन्न । बट्टा या बोतलबाट निकालेपछि यसलाई तत्कालै पिउनुपर्छ ।

कुन् समयमा खाने फल ?

आयुर्वेदले बिहानको समय फल खानको लागि एकदमै फाइदाजनक रहेको उल्लेख गरेको छ । अमिलो फललाई छाडेर अरु सबै किसिमको फलहरु बिहान खाली पेटमा नै खान सकिन्छ । यसरी बिहान खान सक्ने फलफूलमा केरा, नासपाती आदि पर्छन् । खासगरी स्याउलाई बिहानको समयमा खानु राम्रो हुन्छ । यसमा प्रोटिन हुन्छ । जसले हाम्रो आँतलाई स्वस्थ राख्ने गर्दछ ।

यी खानाले घटाउँछ वजन

खाना खानुभन्दा केही समय अघि मात्रै फल खानु स्वास्थ्यको लागि अत्यन्त फाइदाजनक मानिन्छ । यसले धेरै खाना खाने समस्याबाट पनि रोक्छ र शरीरमा खाना सन्तुलित हुन्छ भन्ने आयुर्वेदको बुझाई छ ।