राजनीति

सबै नागरिकलाई तत्काल खोप उपलब्ध गराउन कांग्रेस नेता सिंहको माग


काठमाडौँ – सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सबै नागरिकलाई कोभिड शिल्डको दोस्रो डोज खोप तत्काल उपलब्ध गराउन सरकारसँग माग गर्नु भएको छ ।

कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउन नपाएकाहरुले चर्को गुनासो गरिरहेका बेला उहाँले त्यसको तत्काल व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको हो । नेता सिंहले कोभिड शिल्डको दोस्रो डोज खोप नपाएका जनताको जायज गुनासो पूरा गर्न सरकारले ध्यान दिनु पर्नेमा उहाँले जोड दिनु भयो ।

नेता सिंहले कोरोनाविरुद्धको खोप सबै नागरिकलाई पु¥याउन सरकारले प्राथमिकता दिएपनि सोही अनुसारको काम गर्न नसकेको गुनासो समेत गर्नु भयो ।