कोरोना विशेष

काठमाडौँ उपत्यकामा जोखिम बढ्यो, थप ८६० जनामा कोरोना पुष्टि


काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ८६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसमध्ये काठमाडौँमा ५९७, ललितपुरमा १५५ र भक्तपुरमा १०८ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज मात्रै देशभर ३ हजार ३६५ जना कोरोना संक्रमित थपिएका छन् भने १६ जनाको मृत्‍यु भएको छ ।