कोरोना विशेष

२४ घण्टामा ३ हजार ३६५ मा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ३६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ७ जना पुगेको छ । त्यस्तै,बिहीबार एक हजार तीन सय ७३ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ ।

काठमाडौँ उपत्यकाभित्र ८ सय ६० जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंमा पाँच सय ९७,भक्तपुरमा एक सय ८ र ललितपुरभित्र एक सय ५५ जना रहेका छन् ।