राजनीति

परमादेशकै कारण सुविधा खाइरहेका सांसदले परमादेशकै विरोध गर्ने ? : सांसद बिडारी


काठमाडौँ – राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले अहिलेको सरकार परमादेशबाट बनेको भनी नेकपा एमालेका सांसदले गरेको टिप्पणीप्रति आपत्ति जनाएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाटै संविधानको धारा ७६ को उपधारा ५ बमोजिम शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिएको तर्क गर्दै राष्ट्रपतिले संविधानको धारा र उपधारा नै किटेर गरेको नियुक्तिलाई के आधारमा परमादेशको सरकार भनिएको हो भनेर प्रश्न गरे ।

बुधबार राष्ट्रियसभाको बैठकमा उनले केही सांसदले ‘परमादेश’ शब्दको ठुलो बेइज्जत गरेको बताए । उनले ‘परमादेश’ शब्द विश्वमै प्रचलित रहेको र यसका थुप्रै उदाहरण गरेको भए पनि सांसदहरुले यो शब्दलाई गाली गलौजको रुपमा प्रयोग गरेको भन्दै आपत्ति जनाए । उनले भने, ‘कस्तो देशमा कस्ता मान्छे हामी सांसद भएछौं !’