कोरोना विशेष

काठमाडौँ उपत्यकामा संक्रमण बढ्यो, थप ६२४ जनामा कोरोना पुष्टि


काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसमध्ये काठमाडौँमा ४६८, ललितपुरमा ८९ र भक्तपुरमा ६७ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज मात्रै देशभर २ हजार २३७ जना कोरोना संक्रमित थपिएका छन् भने १८ जनाको मृत्‍यु भएको छ ।