राजनीति

बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक


काठमाडौँ – सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी छन् ।

बैठकमा मन्त्रिपरिषद विस्तार, गठबन्धन सरकारको न्युनतम साझा कार्यक्रमलगायतका विषयमा छलफल भएको एक नेताले जानकारी दिनुभयो ।