कोरोना विशेष

२ हजार ९७७ कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर २ हजार ९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १३ हजार ६९८ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ९८२ र ३ हजार ६१० जनामा गरिएको एन्टिजेन परीक्षणमा ९९५ जना गरी २ हजार ९७७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार ६७८ रहेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप १८ जनाको मृत्यु भएको छ । योसंगै कोरोनाले ज्यान गुमाउनेको कुल संख्या ९ हजार ६७९ पुगेको छ ।