कोरोना विशेष

२ हजार ७१४ कोरोना संक्रमित थपिए, २४ जनाको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर २ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ९ हजार १२२ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ८५५ र ३ हजार ७०७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८५९ जना गरी २ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार २८८ रहेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप २४ जनाको मृत्यु भएको छ । योसंगै कोरोनाले ज्यान गुमाउनेको कुल संख्या ९ हजार ६६१ पुगेको छ ।